सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित:

काठमाडौं । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० निर्धारण भएको छ ।

त्यति नै परिमाणको चाँदी दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार एक तोला सुन एक लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार