धनगढीमा मच्छर धपाउन बालेको आगोबाट गोठमा आगलागी

प्रकाशित:

धनगढी। धनगढीमा मच्छर धपाउन बालेको आगोबाट गोठमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका-१४ फुलबारी बस्ने सर्वानन्द चौलागाईको काठ र टिनले बनेको कच्ची गाई गोठमा मच्छर धपाउन बालेको आगोबाट आगलागी भएको हो।

आगलागी हुँदा अन्दाजी मुल्य १ लाख पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बहुलियाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार