हमासले स्वीकार गर्‍यो गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइ गर्ने प्रस्ताव

प्रकाशित:

काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमास गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा सहमत भएको छ।

हमासले युद्धविराम र बन्धक मुक्ति सम्झौताका लागि क्षेत्रीय मध्यस्थकर्ताहरूले ल्याएको पछिल्लो प्रस्ताव स्वीकार गरेको हो ।कतारको पहलमा तयार पारिएको गाजा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमासले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले बताएको छ ।

हमासले इजरायलका बाँकी रहेका करिब ५० मध्ये आधा बन्धकहरूमध्ये २० जीवित रहेको हुनसक्ने उल्लेख गरेको छ । ती बन्धकहरुलाई दुई चरणमा मुक्त गर्नेछ। प्रारम्भिक ६० दिनको युद्धविराम अवधिमा बन्धकहरू रिहा गरिनेछ, र त्यस अवधिमा स्थायी युद्धविरामबारे वार्ता अघि बढाइने बीबीसीले जनाएको छ ।

तर, यो प्रस्तावमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन। प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयले गत साता इजरायलले सबै बन्धकहरू एकैपटक मुक्त नगरी कुनै सम्झौता स्वीकार नगर्ने बताएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार