
कञ्चनपुर — कंचनपुर को दक्षिणी बेल्ट मा रहेको नगर प्याब्सन ले शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि समितिमा पुगेको “एकीकरण गर्ने बनेको विधेयक २०८०” मा समावेश निजी विद्यालय राष्ट्रियकरणसम्बन्धी प्रावधानप्रति आपत्ति जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पुनर्बासले पुनर्बास नगरपालिकाका नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।
हिजो नगरप्रमुखलाई बुझाइएको उक्त ज्ञापनपत्रमा, निजी विद्यालयको सम्पत्ति राज्य स्वामित्वमा ल्याउने, शुल्क तथा पाठ्यक्रममा एकरूपता ल्याउने, र पूर्ण निःशुल्क शिक्षाको प्रावधान राख्ने जस्ता प्रस्तावहरूले निजी क्षेत्रको भूमिका कमजोर बनाउने र संविधानसम्मत अधिकारमा हस्तक्षेप गर्ने दाबी गरिएको छ।
प्याब्सनका प्रतिनिधिहरूले भने, हालको अवस्थामा पनि निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा र अवसर प्रदान गर्दै आएकाले राष्ट्रियकरणको नाममा हुने यस्तो कदम शिक्षा क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने चेतावनी दिएका छन्।
नगरप्रमुखले ज्ञापनपत्र बुझ्दै शिक्षा क्षेत्रमा सन्तुलन र समान अवसर सुनिश्चित गर्न सबै पक्षको सुझाव आवश्यक हुने बताएका छन्। साथै उनले विधेयकबारे केन्द्र सरकारसँग छलफल गरी सुझाव पठाउने प्रतिबद्धता जनाएका छन्।