खाल्डोको पानीमा डुबेर २ वर्षीय बालिकाको मृत्यु

प्रकाशित:

कैलाली । कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–६ बाहुनपुरकी दुई वर्ष छ महिनाकी बालिका पूर्णिमा चलाउनेको खाल्डोमा डुबेर ज्यान गएको हो ।

बिहीबार घर नजिकको खाल्डोमा डुबेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।सुदूरपश्चिम प्रदेशमा पानीमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या भयावह रहेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षमामात्रै डुबेर १३० जनाले ज्यान गुमाएका छन् । डुबेर ज्यान गुमाउनेमा सबैभन्दा बढी बालबालिका रहेका छन् । डुबेर ज्यान जाने घटना धेरैजसो कैलाली र कञ्चनपुरमा घटिरहेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार