रेडक्रस कञ्चनपुरको मन्त्रीमा चुनाव लड्दै बेलौरीका अशोक पाण्डेय

प्रकाशित:

महेन्द्रनगर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरको साउन ३१ गते हुने निर्वाचनमा अशोक पाण्डेयले मन्त्री पदमा चुनाव लड्ने भएका छन् ।

रेडक्रस सोसाइटी कञ्चनपुरका कार्य समिति सदस्य पाण्डेयले रेडक्रसलाई थप बलियो बनाउन मन्त्री पदमा चुनाव लड्ने तयारी गरेका छन् ।

अहिले पाण्डेय सहयोगका लागि साधारण सदस्यलाई आग्रह गरि रहेका छन् ।

बेलौरी नगरपालिकाका कर्मचारी पाण्डेय नगरपालिकाका विपद्का फोकल पर्सन हुन् । उनीसित विपद् व्यवस्थापनको अनुभव छ ।

पाण्डेय २०६५ देखि रेडक्रसमा आवद्ध छन् । ‘रेडक्रसको बृहत समाजसेवाको लक्ष्य र सिद्धान्त अनुसार संस्थालाई बलियो बनाउने लक्ष्य लिएर मन्त्री पदमा सहयोगका लागि सबैसित आग्रह गरि रहेको छु’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार