महेन्द्रनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्कुल अफ डेमोक्रेसीले अन्तर विभागीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

मंगलबार स्कुल अफ डेमोक्रेसी, सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा केन्द्रीय क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

शैक्षिक चेतना र ज्ञानको आदानप्रदान गराउने उदेश्य सहित स्कुल अफ डेमोक्रेसीद्वारा अन्तर विभागीय हाजिरी जवाफ प्रतियोगिता गरिएको उपाध्यक्ष हिमाञ्जली पाण्डेयले बताइन् ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा व्यवस्थापन विभागको समुह प्रथम भएको छ । शिक्षाशास्त्र विभाग दोस्रो र समान्य विज्ञान विभाग तेस्रो भएको उपाध्यक्ष पाण्डेयले बताइन् ।
प्रतियोगितामा प्रथम हुनेलाई नौं हजार नौं सय ९९ रुपैँया, दोस्रो हुँनेलाई ६ हजार ६ सय ६६ रुपैँया र तेस्रो हुँने समुहलाई तीन हजार तीन सय ३३ रुपैँया मेडल र प्रमाण पत्र वितरण गरिएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्यापसका सात वटै विभागको सहभागिता जनाएका थिए । प्रत्येक समुहमा चार जना विद्यार्थी सहभागी भएका हुन् ।
प्रतियोगिताको प्रमुख अतिथीमा सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन प्रा.डा किसन दत्त भट्ट रहेका थिए । प्रमुख अतिथी भट्टले शुभकामना मन्तव्य राख्दै स्कुल अफ डेमोक्रेसीलाई ज्ञापन गरेका छन् । प्रा.डा भट्टले विश्वविद्यालयमा विद्यार्थीहरु माँझ सहकार्य र बौद्धिक प्रतिस्पर्धाले झनै सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरेका छन् ।
उक्त प्रतियोगिताको सभापति एवं स्कुल अफ डेमोक्रेसी, सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष गोकर्ण महराले अन्तर्राष्ट्रिय युवा दिवसले आफुहरुलाई युवाको शक्ति, जिम्मेवारी र सिर्जनशीलताप्रति सचेत गराउने बताए ।
‘युवा नै देशको परिवर्तनको प्रमुख आधार हुन्, यस दिवसको मूल सन्देश भनेको शिक्षा, नैतिकता, र नेतृत्व क्षमताको माध्यमबाट समाजमा सकारात्मक योगदान पुर्याउनु हो ।’ अध्यक्ष महराले भने, ‘हाजिरी जवाफ प्रतियोगिता जस्तो कार्यक्रमले हाम्रो ज्ञान, चाँडो सोच्ने क्षमता, आत्म विश्वास, सहकार्य र मित्रता विकास गर्छ ।’