महेन्द्रनगर । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दैजी शाखाले बिहीबार सहकारी शिक्षा तथा तिज मिलन कार्यक्रम सञ्चालन गरेको छ। वेदकोट नगरपालिका-१०, रत्न मावि चतहरीको सभाहलमा आयोजित उक्त कार्यक्रममा सहकारीका सदस्यहरूलाई तिजको शुभकामना आदानप्रदान गर्नुका साथै सहकारी शिक्षा र वित्तीय साक्षरताका विषयमा महत्त्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको सभापतित्व संस्थाका सुपरीवेक्षण विभाग प्रमुख प्रकाश कुमार जिसीले गर्नुभएको थियो भने वेदकोट नगरपालिका वडा नम्बर (१० का वडाध्यक्ष रतन सिंह विष्ट प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा संस्थाले आफ्ना सदस्यहरूको सुखदुःखमा साथ दिने प्रतिबद्धता अनुसार एक पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। दैजी शाखाकी सदस्य रविना रानाका श्रीमानको निधन भएपछि संस्थाले सदस्य सुरक्षा कार्यक्रमअन्तर्गत उहाँलाई ६ लाख ५९ हजार सात सय ६७ रुपैयाँ प्रदान गरेको हो। संस्थाले यस किसिमको सहयोगमार्फत आफ्ना सदस्यहरूको जीवनमा आइपर्ने आकस्मिक घटनाहरूमा सहारा बन्दै आएको कुरालाई यस घटनाले थप पुष्टि गरेको छ।

कार्यक्रममा बोल्दै सुपरीवेक्षण विभाग प्रमुख प्रकाश जिसीले संस्थाको गौरवपूर्ण इतिहास र वर्तमान अवस्थाबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार वि।सं। २०५२ सालमा जम्मा २५ जना सदस्यबाट सुरु भएको यो सहकारी संस्थाले आज सुदूरपश्चिमका ६ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ। हाल संस्थामा देशभरबाट ८६ हजारभन्दा बढी सेयर सदस्यहरू आबद्ध भइसकेको जानकारी दिँदै जिसीले सदस्य सुरक्षा कार्यक्रमलाई संस्थाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी हाम्रा सदस्यहरूको सुखमा मात्र होइन, दुःखमा पनि प्रत्यक्ष सहभागी भएर साथ दिइरहेका छौँ, यही नै हाम्रो सहकारीको मूल मर्म हो।”
कार्यक्रमका प्रमुख अतिथि वेदकोट नगरपालिका(१० का वडाध्यक्ष रतन सिंह विष्टले किसान बहुउद्देश्यीय सहकारी संस्थाले समाजको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले सहकारीहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र विपन्न वर्गका मानिसहरूलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
त्यसैगरी, दैजी शाखाका प्रमुख अनिल चौधरीले शाखाले प्रदान गरिरहेका विभिन्न सेवाहरू र भविष्यमा थप नयाँ योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। चौधरीले सदस्यहरूलाई बचत, ऋण तथा अन्य सेवाहरूमा सक्रिय सहभागिताका लागि आग्रह गर्दै सहकारीलाई थप सबल बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।
यस्तै, संस्थाका शुक्लाफाँटा इलाका प्रमुख जयशंकर न्यौपानेले तिजको शुभकामना दिँदै यस किसिमका कार्यक्रमहरूले सदस्यहरूबीचको आत्मीयता र एकतालाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षाविद् र सयौँको संख्यामा सहकारीका सदस्यहरूको उपस्थिति रहेको थियो।


