पुनर्वासमा कुकुरले लखेटिरहेको चित्तलको स्थानीयद्वारा उद्धार, पुनः सामुदायिक वनमै छोडियो

प्रकाशित:

-दिर्घ राज ओझा ।
पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नं. १० स्थित भिम सामुदायिक वन नजिकै भाले चित्तललाई कुकुरहरूले लखेटिरहेको अवस्थामा देखेपछि स्थानीयवासी तथा सामुदायिक वन पदाधिकारीहरूको सक्रियतामा चित्तलको उद्धार गरिएको छ।

उक्त उद्धार कार्य कुण्डा सब–डिभिजन बन कार्यालय, कञ्चनपुरको समन्वयमा गरिएको हो। कार्यालयका अधिकृत दिनेश कुमार यादवका अनुसार उद्धार गरिएको चितललाई भिम सामुदायिक वन उपभोक्ता समूहको बनक्षेत्रमा पुनः प्राकृतिक आवासमा छोडिएको हो।

चित्तल उद्धारमा सहयोग गर्ने सम्पूर्ण स्थानीयबासी, सामुदायिक वन पदाधिकारी तथा सम्बन्धित निकायप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार