कञ्चनपुरको पुनर्वास बाट लागुऔषध मुद्दामा पक्राऊ परेका एक अभियुक्त थुना मुक्त

प्रकाशित:

पुनर्वास- कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासमा गत असार ६ गते शुक्रबार साँझ कञ्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित पुनर्वास सम्राट रेस्टुरेन्टको होटलमा बसेर ब्राउन सुगरको कारोबार गरिरहेको आरोपमा पक्राउ परेका पुनर्वास-६ का दीपक बिसीलाई थुनामुक्त गरेको छ ।

बुधबार भएको न्यायाधीश राजेन्द्र भण्डारीको इजलासले बिसीलाई सामान्य हाजिरीको शर्तमा रिहा गर्ने आदेश दिएको हो। सोही मुद्दामा संलग्न दार्चुलाको महाकाली नगरपालिका-३ का ४२ वर्षीय नरसिंह महरालाई थप अनुसन्धानका लागि कारागार चलान गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीको गहिरो निगरानीपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको थियो । उनीहरूको साथबाट फेला परेको परिणाम हेर्दा सुदुरपश्चिममै अहिले सम्मको बढि २ सय ७३ ग्राम ब्राउन सुगर रहेको प्रहरी तथ्याङ्कले देखाएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार