मोटरसाइकल दुर्घटनामा कञ्चनपुरका गजेन्द्रको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कलुवापुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धनगढीबाट झलारी तर्फ आइरहेका शुक्लाफाँटा नगरपालिका–७ का गजेन्द्र कुँवरको कलुवापुर नजिकै मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो।

सु.प.प्र ०२–००३ प्र. ४८६० नम्बरको मोटरसाइकलमा अनियन्त्रित भई सडक छेउको पोलमा ठोकिएर कुवँर सक्त घाइते भएका थिए ।

उनलाई उपचारकालागि महाकाली प्रादेशिकअस्पताल महेन्द्रनगर ल्याइएको थियो । उपचारका क्रममा नै कुवँरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार