घाइते चित्तल उद्धार गरेर उपचार गराएका हौंः मेयर ओझा

प्रकाशित:

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले घाइते चित्तललाई उद्धार गरेर नगरपालिका परिसरमा उपचार गरिएको बताएका छन्। उनले घाइते चित्तललाई स्थानीयले भेटेपछि नगरपालिकालाई खबर गर्दा ल्याएर उपचार भइरहेको बताए ।

‘स्थानीयले भेटेको चित्तल ल्याएर नगरपालिकामा राखेको हु, शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन आयाजना गरेर नगर प्रखुम हेमराज ओझाले भने, ‘मैले डिएफओलाई पनि पटक पटक मौखिक रुपमा जानकारी गराइसकेको थिए।’

कृष्णपुर नगरपालिका ७ गडयापट्टीबाट एक वर्षअघि घाइते अवस्थामा चित्तलको उद्धार गरिएको थियो। लामो समयको उपचारपछि चित्तलको अवस्था अहिले सुधारन्मुख छ।

चित्तलको स्याहार सुस्सार गर्न कर्मचारी नराखिएको उनको दाबी छ। छाडा चौपायाको समस्याको दीगो समाधानका लागि नगरपालिका सक्रिय रहेको नगर प्रमुख ओझाले बताए। नगरका ४ स्थानमा गौशला निर्माण गरेर चौपाया व्यवस्थापन गरिएको छ।

‘१५ सय गाई हाम्रो नेटवर्किङमा छन्। चारो लगायतमा न्यूनतम खर्च गरेर चौपाया व्यवस्थापनामा लागेका छौँ,’ नगर प्रमुख ओझाले भने, ‘यो समस्या समाधान गर्न निकै चुनौतीपूर्ण छ।’

प्रदेश सरकारले गौशाला निर्माणमा सहयोग गरेको उनले बताए। निगाली, गणबिजला, वनहरा लगायत स्थानमा गौशला निर्माण गरेर चौपाया व्यवस्थापन गरिएको छ।

नगरपालिकाले राम्रो काम गर्दा पनि एकपछि अर्को मुद्दा झेल्नु परेको मेयर ओझाले गुनासो गरे। ‘हरेक निर्णयमा मुद्दामामिला गरेर काम गर्ने स्प्रीडलाई रोक्न खोजिएको छ। कर्मचारीको स्प्रिडलाई अवरोध गर्न दबाब सृजना खोजिएको छ, तर हामी विचलित छैनौँ,’ उनले भने, ‘जनताका पक्षमा समृद्ध नगर बनाउने संकल्पमा दृढ छौं।’

नगरपालिकाको कार्यपालिकाले दुरगामी महत्व राख्ने निर्णय गरेपनि मुद्दा मामिला गरेर जित हारको विषय बनाइएको उनको टिप्पणी छ।

ताजा समाचार

सम्बन्धित समाचार