जातीयता, क्षेत्रीयता लगायत गुटबन्दी भन्दा माथि उठ्न पार्टी प्रशिक्षणमा जोड दिउँः पुर्व मन्त्री साउँद

प्रकाशित:

महेन्द्रनगर । नेपाली काँग्रेस भित्र सबैलाई समेटेर लैजानु पर्ने पूर्व पराराष्ट्र मन्त्री एनपी साउँदले बताउनु भएको छ । विहिवार साउन १५ गते वेदकोट नगरपालिका ७ रौटेला गाउजीमा रहेको श्री वैजनाथ धाम तथा वृद्धआश्रम सेवा समितिमा वृद्धआमा बुवाहरुलाई खिर खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पाटीका कार्यकर्ताहरु विभाजित भएको बेलामा सबैलाई समेटेर लैजानु पर्ने बताउनु भयो ।

अहिले सदस्यहरु भटकिएको अल्मलिएको अवस्था रहेको बताउदै सबैलाइ समेटेर ल्याउनु पर्ने बताउनु भयो । “कोही जातियता, कोही सम्प्रदायिक्ता, क्षेत्रियता कोही गुटबन्दीका कारण हामी विभाजित छौ”, उहाँले भन्नु भयो, “हामी किन विभाजित भयौ भन्दा, यसको कारण भनेको पाटीलाई प्रशिक्षण गर्न नसकेको कारणले हामी विभाजित छौ” जातियता भन्दा ठुलो प्रजातन्त्र हो, क्षेत्रियता भन्दा ठुलो प्रजातन्त्र हो, गुट भन्दा ठुलो पार्टी र सिद्धान्त हो,

यो पाटी हाम्रो हो भन्ने विषयमा राम्रो संग गाँउगाँउ वस्तीमा प्रशिक्षण दिन सक्यो भने, गुठबन्दी, जातियता, क्षेत्रियता, सम्प्रदायिक्ता जस्ता कुरामा कार्यकर्ता लाग्दैन थिए, अब हाम िले प्रशिक्षणको विषयमा पनि ध्यान दिन आवस्यक रहेको छ, हामी सबैले समुदायमा काम गर्दा विकास निर्माण होस वा अन्य काम होस सबैमा पाटीको पनि नाम आउने गरी काम गर्नु पर्ने हुन्छ,

आफनो क्षेत्रको विकास गर्ने सबैको साझा जिम्मेवारी रहेको र जनताहरुको अपेक्षा पुरा गर्नुपर्ने बताउनु भयो । एक्लैले केही पनि गर्न नसक्ने बताउदै सबैले हातेमालो गरेर यो साझा जिम्मेवारी पुरा हुने बताउनु भयो । अहिले वडादेखी केन्द्र सम्म सबैले मिलेर काम गरेर जनताहरुको आशा अपेक्षाहरु पुरा गरीरहेको बताउनु भयो । विभिन्न तहका जनप्रतिनिधी विच सबैको

आपसी समन्वय तालमेल हुनुपर्ने, र वडा अध्यक्षदेखी केन्द्र सम्मका सबै काम सबैले मिलेर गरेको बताउनु भयो । कसैको पनि कुरा काटेर विद्रोही स्वभाव नराख्न पनि आग्रह गर्नु भयो ।

विकास निर्माणका काममा होस वा अन्य काममा कोही असन्तुष्ट छ, चित्त दुखाएको छ भने उहाँहरुको चित्त बुझाउने काम उहाँहरुको सरोकारलाई सम्बोेधन हुने काम पाटीले गर्नुपर्ने भएकाले अप्ठायारो नमानेर झन्झट नमानेर आफनै जिम्मेवारी हो भनेर लाग्नु पर्ने बताउनु भयो ।

साथै कार्यक्रम सम्पन्न भएपछि पूर्व मन्त्री साउदले वेदकोट नगरपालिकामा रहेका मठमन्दिर, निर्माणधिन पुलहरु, बाटोको निरिक्षण अनुगमन पनि गर्नुभएको थियो । स्थानियहरुलाई भेट गर्दे उनिहरुको समस्याको समाधान गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार