सुदूरपश्चिम विश्वविद्यालय ‘यूथम्यापर्स’को अध्यक्षमा किरण भट्ट चयन

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा २०२५/०२६का लागि ‘यूथम्यापर्स’को नयाँ कार्यसमिति चयन गरिएको छ। यहि साउन ८ गते निवर्तमान समितिले प्रकाशन गरेको सूचना अनुसार किरण भट्टले उम्मेदवारी दिएका थिए । यहि साउन ११ मा लिइएको अन्तरवार्ताबाट भट्ट ‘यूथम्यापर्स’को अध्यक्षमा चयन भएका हुन्।

अध्यक्ष भट्टले आफ्नो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालय ‘यूथम्यापर्स’को गरिमालाई निरन्तरता दिदै ‘यूथम्यापर्स’लाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यहि साउन ८ मा निवर्तमान समितिले प्रकाशन गरेको सूचना अनुसार आफ्नो उम्मेदवारी दिएर यहि साउन ११ मा लिइएको अन्तरवार्ताबाट उपाध्यक्षमा पुजा कार्की र प्रदीप नाथ, सचिवमा रवीन्द्र लेखक, सह–सचिवमा राहुल लेखक र खगेन्द्र प्रसाद जोशी, कोषाध्यक्षमा लक्ष्मी ओझा र सह-कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ लगायत कार्यसमिति सदस्यहरु चयन भएका छन्।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार