काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न नसकिने बताएका छन् ।
आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पूर्वाग्रह, प्रतिशोधको अवस्थामा जो जतिबेलै जेल पर्न सक्ने सङ्केत गरे ।

अन्तिम राजा ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध शाही आयोग गठन गरी छानबिन गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता ड्रामा (नौटङ्की) विरुद्ध अस्तिसम्म लडेको बताए ।

‘अस्ति मात्रै दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरु माथि प्रतिबन्ध नभए पनि ‘ प्रतिबन्ध त लागेकै थियो नेताहरुलाई घरघरमा जेलमा थुन्ने ।

सरकारी राज्यका निकायहरु छोडेर आफ्ना खुसीले अह्राएका मान्छे लगाएर मुद्दा लगाउने फसाउने ती काम त शाही छानबिन आयोग कि के भनेर ‘’ओलीले भने, ‘ज्ञानेन्द्र शाह भ्रष्टचार विरोधि देखिएर शेरबहादुर देउवाका विरुद्ध एउटा शाही आयोगले मुद्दा चलायो ।
योभन्दा ड्रामा अर्को के हुन्छ रु यो ड्रामालाई के नाम दिने रु यस्ता ड्रामाहरुसँग अस्तिसम्म पनि हामीले लड्न परेकै हो ।’