भट्ट दम्पतीमाथि आत्महत्या दुरुत्साहनको आरोप, अदालतबाट पुनः म्याद थप

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–७ की एक महिलाले आत्महत्या गरेपछि आत्महत्या दुरुत्साहनको जाहेरीमा पक्राउ परेका दम्पत्तिलाई अदालतबाट दोस्रो पटक म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले भीमदत्त नगरपालिका–६ का रामदत्त भट्ट र उनकी श्रीमतीलाई कञ्चनपुर जिल्ला अदातबाट दोस्रो पटक शुक्रबार ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको बताए ।
गत साता सोमबार पहिलो पटक अदालतले ६ दिन म्याद दिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सचिवसमेत रहेका भट्ट र उनकी श्रीमतीले ती महिलालाई आत्महत्या गर्न बाध्य बनाएको जाहेरी परेपछि दम्पत्तिलाई नियन्त्रणमा लिइएको प्रवक्ताले बोहराले बताए ।

हिरासतमा रहेका भट्ट २०८१ को उपनिर्वाचनमा रास्वपाबाट भीमदत्त नगरपालिका–६ को उपनिर्वाचन लडेका थिए । प्रहरी अनुसन्धानपछि आत्महत्याको कारणबारे निष्कर्षमा पुगिने डिएसपी सागर बोहराको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार