राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा सुदूरपश्चिमका, तीन स्थानीय तहले साउन ११ गते सार्वजनिक बिदा

प्रकाशित:

राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा सुदूरपश्चिमका, तीन स्थानीय तहले साउन ११ गते सार्वजनिक बिदा

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । रानाथारु समुदायको बसोबास सुदूरपश्चिममा मात्रै रहेको छ।यो समुदायका महिलाले आफ्ना भाइहरूको आयु बढाउन तीज पर्वमा व्रत बस्छन् ।

पहिला पहिला यो पर्व एक महिना नै मनाउने चलन थियो। अहिले भने कम्तीमा एक साता मनाउँछन्। पर्वमा साउने डोला पिङ खेल्ने चलन छ । अहिले विभिन्न ठाउँमा तिजको रौनक चलेको छ। यही पर्वको अवसरमा विभिन्न ठाउँमा कार्यक्रम पनि भइरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार