पुनर्वास ०९ आउन २०८२ / कञ्चनपुरको दक्षिणी बेल्ट स्थित पुनर्वास नगरपालिकाले राना थारु समुदायको तीजको अवसरमा एक दिने स्थानिय बिदा दिइएको छ ।

राना थारू समुदायले विशेष महत्वका साथ मनाईने तीज पर्व २०८२ को अवसरमा होहल्ला तथा तडकभडक जस्ता कार्य नगरी यस पर्वलाई सभ्य र भव्य तथा आर्थिक रूपमा मितव्यायी बनाउन आग्रह गर्दै यही मिति २०८२।०४।११ गते आईतबारका दिन पुनर्वास नगरपालिका र यस अन्तर्गतका कार्यालयहरूमा १ दिन स्थानीय विदा दिइएको व्यहोरा शुभ९कामना सन्देश मार्फत जानकारी गराईएको छ।

उक्त पत्रमा बहु धार्मिक, बहु सांस्कृतिक, वहु भाषिक भएको हाम्रो देशमा यस्ता चाड पर्वहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, भातृत्वलाई कसिलो बनाउने गरेकोमा पुनर्वास नगरपालिकाले पनि हरेक जाती, वर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वहरूलाई समान रूपमा प्राथमिकता दिदै आएको जनाएको छ।

पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको सचिवालय र उपप्रमुख भुलियकुमारी रानाले आफनो निजि सचिवालयको पेज मार्फत सामाजिक सञ्चालमा राना थारू समुदायले विशेष महत्वका साथ मनाईने तीज पर्व २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दाजु भाई तथा दिदी वहिनी लगायत सम्पूर्ण नगरवासीहरूमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन ।