चुरे गाउँपालिकामा नयाँ हाकिमलाई हाजिर हुन रोक, अध्यक्षले आफू अनुकूलको व्यक्ति जिम्मेवारीमा राख्दै

प्रकाशित:

शिक्षा शाखा प्रमुख विविराज सोतीलाई अध्यक्ष चक्र बोगटीले आफू अनुकूलको व्यक्ति भन्दै लामो समयदेखि निमित्तको जिम्मेवारीमा राख्दै आएका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रामकृष्ण बिकलाई स्थायी प्रमुख प्रशासकीय अधिकृतका रूपमा चुरेमा खटाए पनि उनलाई अहिलेसम्म हाजिर हुन दिइएको छैन।

कैलाली,। कैलालीको चुरे गाउँपालिका पछिल्ला केही महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ। शिक्षा शाखा प्रमुख विविराज सोतीलाई अध्यक्ष चक्र बोगटीले आफू अनुकूलको व्यक्ति भन्दै लामो समयदेखि निमित्तको जिम्मेवारीमा राख्दै आएका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रामकृष्ण बिकलाई स्थायी प्रमुख प्रशासकीय अधिकृतका रूपमा चुरेमा खटाए पनि उनलाई अहिलेसम्म हाजिर हुन दिइएको छैन।बिक चार दिनअघि पालिकामा हाजिर हुन जाँदा अध्यक्ष बोगटीले अनुमति नदिएको स्रोतको दाबी छ । स्रोतका अनुसार अध्यक्ष बोगटी र विविराज सोतीबिच २०८४ सालसम्मको कार्यकालभर सोतीलाई निमित्तको रूपमा राख्ने मौखिक सहमति भएको बुझिएको छ । सोही कारणले नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन रोकेको बताइएको छ।

चुरे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिमा पटक–पटक मन्त्रालयले अधिकृत पठाउँदा पनि अध्यक्ष बोगटीले आफू अनुकूलको व्यक्तिलाई मात्र राख्दै आएको आरोप छ । यसअघि पनि अधिकृतहरू पठाउँदा बोगटीले सोही शैली दोहोराउँदै आएको स्रोतको दाबी छ। यस विषयमा अध्यक्ष चक्र बोगटीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

ताजा समाचार

सम्बन्धित समाचार