शनिबार बिहान ५ बजेर २३ मिनेट जाँदा मोर्निङ वाकमा हिड्इदै एजी ईङलिस स्कुल अगाडि देखिएका भट्ट ५:४५ मा कान्छीबजार हुदै धनगढी तर्फ जाँदै गरेको भिडियो सिसिटिभी फुटेजमा देखिएको छ।

न्यूज अपडेट
कञ्चनपुर जिल्ला,पुनर्वास नगरपालिका वडा नं २ , मोती बस्ती का बर्ष ४६ को नवराज भट्ट सधैं झै शनिबार पनि मार्निङ वाकमा निस्केका थिए। २०८२ साउन ३ गते शनिबार बिहान करिब ५ बजे मोर्निङ वाकमा निस्केका भट्ट धनगढी बेलौरी सडकखण्ड हुलाकी राजमार्गमा बोम्जन चोक हुँदै एजी स्कुल, कान्छी बजार, पशुपति चोक सिमरी हुँदै धनगढी तर्फ जाँदै गरेको सिसिटिभी फुटेजमा देखिएको छ। शनिबार बिहान ५ बजेर २३ मिनेटमा एजी इङलिस स्कुल अगाडि देखिएका भट्ट ५:४५ मा कान्छीबजार हुदै धनगढी तर्फ जाँदै गरेको सिसिटिभी फुटेजमा देखिएको छ।
