पुनर्वासमा मार्निङ वाकमा निस्केका भट्ट दुई दिन बितिसक्दा पनि घरमा फर्किएनन्, खोजी दिन परिवारको अपिल

प्रकाशित:


पुनर्वास,६ साउन २०८२ पुनर्वासमा मार्निङ वाकमा निस्केका एकजना मानिस दुई दिन बितिसक्दा पनि घरमा फर्किएका छैनन्।

कञ्चनपुर जिल्ला,पुनर्वास नगरपालिका वडा नं २ , मोती बस्ती स्थायी घर भएका बर्ष ४६ को नवराज भट्ट सधैं झै शनिबार पनि मार्निङ वाकमा निस्केका थिए। २०८२  साउन ३ गते शनिबार बिहान  करिब ५ बजे मोर्निङ वाकमा निस्केका भट्ट सधैं करिब ८- १० बजे भित्र घरमा फर्कन्थे तर शनिबार भने  फर्किएनन्।

घरमा किराना पसल गर्दै आएका भट्ट  कतै काम विशेषले गएका होलान् भनि त्यो दिन घरपरिवारले खासै चासो राखेनन्  तर  दिन ढल्दै गएपछि पनि घर नफर्किए पछि घरमा एक प्रकारको खलबल मच्चियो। त्यो साँझ आफन्त र घर परिवारका सदस्यहरू घर टोल छरछिमेकमा सोधपुछ र खोजतलासमा जुटे तर फेला पर्न सकिएन।

आफुले चलाउने मोबाइल घरमै छोडी मोर्निङ वाकमा निस्केका भट्ट घर नफर्किए पछि उसलाई सम्पर्क मा ल्याउन घर परिवारलाई निकै अपठ्यारो भयो।  मार्निङ वाकमा जान्छु भनि घरबाट निस्केका  बुबा दुई दिन बितिसक्दा पनि घरमा नफर्कि सम्पर्कबिहिन भए पछि खोजी कार्य गर्न प्रहरी समक्ष हुलिया टिपोट गरिएको भट्टकी छोरी यशोदा भट्टले बताईन्।

अहिले उनी आफ्नो बुबालाई खोजी दिन सबैलाई हारगुहार गरी रहेकी छिन्। तसर्थ यशोदा भट्टकी बुवा बर्ष ४६ को नवराज भट्ट बिगत २ दिन देखि सम्पर्कबिहिन भई हराईरहेको हुँदा कसैले देखेको भए वा फेला पार्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा आफन्तको फोन न. 9865923363 मा जानकारी गराईदिन हुन अनुरोध

ताजा समाचार

सम्बन्धित समाचार