कैलालीको लिक्मा नदीमा डुबेर एकै घरका दुई दाजुभाइको मृत्यु

प्रकाशित:

कैलालीको गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

उनीहरुलाई नदीमा डुबेको अवस्थामा प्रहरीले बिहिवार दिउँसो ३ बजेको समयमा उद्धार गरि सेती प्रादेशिक अस्पताल पुर्‍याएको थियो। चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार