कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा कालु सुनार सहित पाँच जना बिरामी

प्रकाशित:

कञ्चनपुरः दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीय कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

उनका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीय नाति भीम सुनार, १२ वर्षीय नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन् “भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उनको परिवारका पाँचै जना बिरामी परेका हुन्”, बोहराले भने, “पाँचै जनाको दोधारा–चाँदनी अस्पतालमा उपचार भइरहेको छ।”

ताजा समाचार

सम्बन्धित समाचार