बैतडीमा अवस्थीगाउँको मैनगडे खोलाको बहाव बढे संगै घर र खेत जोखिममा

प्रकाशित:

बैतडीः पुर्चौडी नगरपालिका–७ को अवस्थीगाउँमा मैनगडे खोलाको बहाव सीधै गाउँतिर पसेपछि स्थानीय बासिन्दा त्रासमा छन्।स्थानीयमा घर र खेत बगाउने त्रासस्थानीयवासी हरिकृष्ण अवस्थी भन्छन्, विकासको नाममा भएको यो कामले हाम्रो दुःख बढाइदिएको छ। योजना पनि छैन, प्रविधि पनि छैन

खोलो अब गाउँमा पसेको छ, खेत बग्न थालिसक्यो। सडक निर्माण गर्दा खोलाको बहावको अध्ययन नगरिएको र काम गरेपछि कुनै प्रकारको अनुगमन नभएको स्थानीयले गुनासो गरेका छन्। खोलोको पानीको व्यवस्थापन नगरिँदा पानीले बाटो परिवर्तन गर्दै सिधै बस्ती पसेको हो।

स्थानीयले खोलाको बहाव अध्ययन गरिनुपर्ने माग गरेका छन्। तत्काल पानी निकासको लागि व्यवस्था गरेर घर र खेत बग्नबाट जोगाउन सहयोग पुग्नुपर्ने उनीहरूले बताएका छन्। हामी विकास विरोधी होइनौं, तर यस्तो विकास होइन जसले हाम्रो जीवन नै संकटमा पारोस्, स्थानीय विष्णु अवस्थीले भने।

पुर्चौडी नगरपालिकाको योजना शाखा, वडा नं ७ का जनप्रतिनिधि र निर्माण कार्यमा संलग्न पक्षको लापरवाहीले गर्दा मैनगडे खोलाले अहिले बस्ती नै विनाशको जोखिममा पारेको छ। तत्काल ध्यान नदिने हो भने अझ ठूलो क्षति हुनसक्ने स्थानीयको चेतावनी छ।

ताजा समाचार

सम्बन्धित समाचार