भीमदत्त–८ तिलचौडमा बाल्टीको पानीमा डुबेर बालिकाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–८ तिलचौडमा एक डेढ वर्षीया बालिकाले ज्यान गुमाएकी छन्।

सुरज सिंहकी छोरी प्रिया घरको आँगनमा रहेको बाल्टीमा खेल्दाखेल्दै डुबेर गम्भीर अवस्थामा पुगेकी थिइन्।

घरको आँगनमा रहेको बाल्टीको पानीमा शुक्रवार दिउँसो उनी डुबेकी हुन्। तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका लागि लगिएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताए।

ताजा समाचार

सम्बन्धित समाचार