महेन्द्रनगर। कञ्चनपुरमा जीपको ठक्करबाट एक जना युवा व्यवसायीको मृत्यृ भएको छ । गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ।

मंगलबार साँझ बेदकोट नगरपालिका–३ दैजी बजारमा सुपप्र ०४००१ च ००१३ नम्बरको कुखुरा बोक्ने बोलेरो जीपले भीनपा–१५ गोबरियाका दिपक चन्द सवार इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिएको थियो।

उक्त जीपको ठक्करबाट गम्भीर घाइते भएका चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा संलग्न जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चन्द लामो समयदेखि दैजी बजारमा हार्डवयर पसल सञ्चालन गर्दै आएका थिए।