मोटरसाइकल चिफ्लिएर डेढ सय मिटर तल खसेर एक जनाको मृत्यु

प्रकाशित:

सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय दलप्रसाद सुनारको मृत्यु भएको हो।जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार सोमबार बेलुकी साढे ६ बजेतिर सुनार सवार रा ३ प ४५३४ नम्बरको मोटरसाइकल झन्डै डेढ सय मिटरमुनि खसेको थियो।

साँघुरो र चिप्लो बाटोमा मोटरसाइकल चिफ्लिएपछि पछाडि सवार स्थानीय भुवन केसीले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले बताएको छ।

सदरमुकाम रुकुमकोटबाट सिस्ने–३ पोखरा गाउँतर्फ जाँदै गर्दा सुनारले चलाएको मोटरसाइकल तातोपानी नजिकैको गोरेटो बाटोमा चिप्लिएर पल्टिएको र चालक सुनार मोटरसाइकलसँगै झन्डै डेढ सय मिटर तल पुग्दा मृत्यु हुन पुगेको प्रहरीले जानकारी दिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार