लिटिल बुद्ध: प्रत्येक वर्ष एसइईमा उत्कृष्ट नतिजा, कञ्चनपुरमा गुणस्तरीय शिक्षाको मियो

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा कञ्चनपुर जिल्लामा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यालय लिटिल बुद्ध एकेडेमी बनेको छ ।

भीमदत्त नगरपालिका–३ महेन्द्रनगरमा अवस्थित लिटिल बुद्ध एकेडेमीका विद्यार्थीले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै जिल्लामै सबैभन्दा धेरै ‘ए प्लस’ ग्रेड ल्याउन सफल भएका छन् ।

विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीका अनुसार विद्यालयबाट २०८१ सालको एसइई परीक्षामा सहभागी १६१ जना विद्यार्थीमध्ये ४१ जनाले ‘ए प्लस’ (३.६ देखि ४.० जीपीए) ग्रेड ल्याएका छन् ।

यस्तै, ७० जनाले ‘ए’, ४१ जनाले ‘बी प्लस’ र ९ जनाले ‘बी’ ग्रेड हासिल गरेका छन् । यसरी लिटिल बुद्ध एकेडेमीले झण्डै शत प्रतिशत नतिजा ल्याउन सफल भएको हो ।

वि.सं. २०६३ सालमा स्थापना भएको लिटिल बुद्ध एकेडेमीले सुदूरपश्चिम क्षेत्रमा शिक्षा क्षेत्रमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

प्रिन्सिपल मौनीका अनुसार यस विद्यालयबाट यो वर्ष एसइईमा सहभागी विद्यार्थीहरू विद्यालयको १७ औँ ब्याचका हुन् । विद्यालयले कक्षा १० देखि नै विद्यार्थीहरूलाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विशेष योजना अनुसार पढाउँदै आएको छ ।

“विद्यार्थी, शिक्षक, अभिभावक र सम्पूर्ण विद्यालय परिवारको संयुक्त मेहनत, अभिभावक तथा समुदायको निरन्तर निगरानी र सहयोगकै कारण यस्तो नतिजा सम्भव भएको हो,” प्रिन्सिपल मौनीले भने, “आगामी दिनमा अझ उत्कृष्ट र गुणस्तरीय नतिजा ल्याउन हामी प्रतिबद्ध छौँ ।”

लिटिल बुद्ध एकेडेमीले माध्यमिक तह मात्र होइन, कक्षा ११ र १२ (प्लस–टु) तहमा पनि जिल्लामा उत्कृष्ठ नतिजा ल्याउँदै आएको छ । हाल विद्यालयमा विज्ञान, व्यवस्थापन, कानून र होटल म्यानेजमेन्ट जस्ता विषयमा प्लस–टु कक्षा सञ्चालन हुँदै आएका छन् । विगतका वर्षहरूमा समेत लिटिल बुद्ध एकेडेमीले प्लस–टु परीक्षामा समेत जिल्लामा उत्कृष्ट परिणाम दिंदै आएको छ ।

विद्यालयको शैक्षिक नतिजाले जिल्लामात्र होइन, सुदूरपश्चिम प्रदेशकै शैक्षिक क्षेत्रमा उदाहरणीय योगदान पु¥याएको स्थानीय अभिभावकहरूको भनाइ छ ।

लिटिल बुद्ध एकेडेमीले गुणस्तरीय शिक्षामा जोड दिँदै विद्यार्थीहरूलाई समग्र रूपमा व्यक्तित्व विकास गर्न समेत विभिन्न सहायक कार्यक्रम सञ्चालन गर्दै आएको छ र यसपटक २०८१ सालको एसइईमा केही विद्यार्थीहरूले पूर्णरूपमा उर्तिण हुन नसकेको भए तापनि उनीहरूलाई बोर्डले मौका परीक्षा दिन पाउने व्यवस्था मिलाएको छ । यसबाट उनीहरूले ग्रेड सुधार गर्ने मौका पाउने प्रिन्सिपल मौनीले जानकारी दिए ।

विद्यालय प्रशासनले भविष्यमा जिल्लामा मात्र नभई सुदूरपश्चिममै लिटिल बुद्ध एकेडेमीलाई ‘मोडल’ विद्यालयका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

लिटिल बुद्ध एकेडेमीले दक्ष शिक्षक टोली, विद्यार्थी–केन्द्रित पठनपाठन, अनुशासित वातावरण, नियमित अभिभावक–शिक्षक समन्वय, विद्यार्थीको आवश्यकता अनुसार परामर्श सेवा लगायतका विशेषता मार्फत शिक्षा क्षेत्रमा नविन अभ्यास गरिरहेको छ ।

यसले गर्दा प्रत्येक वर्ष एसइई र प्लस–टु तहमा विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ । विद्यालय परिवारले आगामी दिनमा थप स्रोत साधन विस्तार गर्दै सुदूरपश्चिममा गुणस्तरीय र व्यावसायिक शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

No description available.

No description available.

No description available.

ताजा समाचार

सम्बन्धित समाचार