कञ्चनपुर । लगातारको वर्षाले महाकाली नदीमा पानीको सतह उच्च बनेपछि शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक नाघेपछि ब्यारेज हुँदै गाडी पार गर्न रोक लगाइने प्रावधानअनुसार रोक लगाइएको हो। शनिबार दिउँसो पानीको बहाब एक लाख १५ हजार क्युसेक पुगेको थियो।

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिमका विभिन्न स्थानमा असार १६ गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
