मकवानपुरमा चट्याङ लागेर बालिकाको मृत्यु आमा घाइते ।

प्रकाशित:

शुक्रबार साँझ साढे ५ बजे मकवानपुरको राक्सिराङ गाउँपालिका ८ मेशिराङकी २७ वर्षीया रविना प्रजा ७ वर्षीया छोरी युनिका प्रजा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ परेको थियो।

चट्याङ लागेर रविना घाइते भएकी थिइन्। उनकी छोरी युनिका भने गम्भीर घाइते भएकी थिइन्।गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि उपचारका लागि मनहरि अस्पताल पुर्‍याइएको थियो।

त्यहाँ उपचार क्रममा शुक्रबार बेलुकी ८५२ बजे युनिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालले जानकारी दिए।रविनालाई थप उपचारको लागि हेटौडा अस्पताल ल्याइएको डिएसपी अर्यालले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार