धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडा टोलका माइकल कार्की सम्पर्क विहीन भएका हुन्।

बुधवार बिहान १० बजेदेखि घरबाट १६ वर्षीय कार्की सम्पर्क विहिन भएका उनकी आमा दुर्गा कार्कीले बताएकी छन्। बिहानको खाना खान घर नआएपछि परिवारका सदस्यहरूले उनको खोजी थालेका थिए। धनगढी उपमहानगरपालिका–७ बेली बजारमा सोही दिनको साँझ स्थानीयले देखेको बताएका थिए।

तर, उनी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्। परिवारका सदस्यहरूले खोजीका लागि प्रहरीमा समेत निवेदन दिएको बताएका छन्।माइकल कार्कीलाई देख्ने तथा भेट्नेले मोबाइल नम्बर ९७६४४२१४१८, ९७६३८४९५१७ मा सम्पर्क गर्न परिवारका सदस्यहरूले आग्रह गरेका छन्।
