काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ एसईई नतिजा सार्वजनिक गरेको बताएका हुन् । बोर्ड लामो बैठक सकेपछि नतिजा सार्वजनिक गरेको हो ।

अध्यक्ष शर्माले बीचमा अनेक व्यवधान आएकाले नतिजामा ढिलाइ भएको बताएका छन् ।

एसईई परीक्षको नतिजा
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७
एसईईको परीक्षा गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३८ हजार ८९६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।