६ महिनादेखि भारतमा बन्धक बनाइएका ५८ नेपाली रिहा, गड्डाचौकी नाकामा भव्य स्वागत

प्रकाशित:

महेन्द्रनगर । भारतका विभिन्न स्थानमा विगत ६ महिनादेखि बन्धक बनाई राखिएका नेपाली युवामध्ये ५८ जनालाई आज सकुशल रिहा गरिएको छ। नागरिक संस्था KIN Nepal र KIN India को पहलमा ती युवाहरूको उद्दार भएको हो।

रिहाइपछि उनीहरूलाई कञ्चनपुरस्थित गड्डाचौकी नाकामा भव्य रूपमा स्वागत गरिएको छ। स्वागत कार्यक्रम सुदूरपश्चिम प्रहरी प्रमुख र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सम्पन्न भएको हो। उद्दार गरिएका युवाहरूले “धन्यवाद प्क्ष्ल्” भन्दै नाराहरू लगाएका थिए भने आफूहरूलाई बन्धक बनाउने व्यक्तिहरूलाई कडा कारबाही गरिनुपर्ने माग गरेका छन्।

यी युवा रोजगारको आशामा भारत गएका थिए, तर धोका दिई विभिन्न स्थानमा बन्धक बनाई मजदुरी गराइँदै आएको थियो। नेपाली भूमिमा पाइला टेक्ने बित्तिकै उनीहरू भावुक बनेका थिए। कतिपयलाई गडाचौकीमै रोएर जमिन ढोग्दै गरेको दृश्यले उपस्थित सबैको मन छोएको थियो।

KIN Nepal र KIN India  लगायत सबै सरोकारवालाहरूलाई उद्दार कार्यमा देखाएको सक्रियता र मानवीय सहयोगप्रति उपस्थित युवाहरू, स्थानीयबासी र प्रशासनले आभार व्यक्त गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार