महेन्द्रनगरः धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट सोही ठाउँ बस्ने २८ वर्षीय धरम पाल पक्राउ परेका हुन्। पाललाई चेकजाँच गर्दा १ ग्राम ६२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थ र उनलाई इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी गोदावरी नगरपालिका–८ बाट धनगढी उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय भक्तरानज राना पक्राउ परेका हुन्। रानालाई २ ग्राम १९० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
