धनगढी उपमहानगरपालिका १ सेतोपुल स्थित सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७९५६ नम्बरको मोटरसाइकल गएराति ११ बजे दुर्घटना हुँदा चालक जोशीपुर गाउँपालिका४ बस्ने २६ वर्षीय रुद्र चौधरीको मृत्यु भएको हो।

मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोर उपचारको क्रममा ११ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए।
