सरकारी वकिल कार्यालयको, तेस्रो तलाबाट एक जना थुनुवाले हाम फाले

प्रकाशित:

महेन्द्रनगरः माइतीघरस्थित सरकारी वकिल कार्यालयको तेस्रो तलाबाट एक जना थुनुवाले हाम फालेका छन् ।

हाम फाल्ने व्यक्ति चोरीको कसुरमा पक्राउ परेका रामेछाप घर भएका मदन बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।८ असारमा म्याद थपका लागि लगिएको बेला उनी तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए ।

तर, हाम फाल्ने क्रममा घाइते भएपछि उनी भाग्न भने पाएनन् । लगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो । हाम फाल्ने क्रममा उनको खट्टासमेत भाँचिएको एसपी बोहराले बताए । घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । अहिले पनि उनको उपचार जारी रहेको छ ।

उनी चोरी आरोपमा पक्राउ परेका थिए । यसअघिका अन्य चोरीका घटनाहरुमा समेत उनको संलग्नता हुनसक्ने बताइएको छ । चोरीको आरोपमा उनलाई प्रहरी वृत्त बौद्धले पक्राउ परेर म्याद थपका लागि लगेको थियो ।जुन घरमा चोरीको आरोपमा उनी पक्राउ परे त्यही घरमा यसअघि पनि चोरी भएको पाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार