कतार जान लागेका सयौँ नेपालीहरु त्रिभुवन विमानस्थलमै अलपत्र परेका छन्।

प्रकाशित:

मन्द्रनगरः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौँ नेपालीको बिचल्ली भएको छ।

राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भए पछि उनीहरू एयरपोर्ट मै रात कटाउन बाध्य भएका थिए ।

एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ। कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि कतारको हवाई क्षेत्र प्रभावित भएको थिए ।कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार