महेन्द्रनगरः डोटी–अछाम ३३ केभी प्रसारण लाइनमा खराबी आएपछि तीन जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ।प्रारण लाइनमा खराबी भएपछि सोमबार बेलुकीबाट अछाम, बाजुरा र कालिकोट जिल्लाको विद्युत सेवा अवरुद्ध भएको हो।

विद्युत प्रवाहमा समस्या आएको भन्दै अछाम वितरण केन्द्रले सामाजिक सञ्जालमा एक सूचना जारी गरेर समाधानको प्रयास भइरहेको जनाएको छ। विद्युत के कारण र कहाँ अवरुद्ध भएको हो भन्ने बारेमा पत्ता लाएर समाधानको कार्य भइरहेको जनााइएको छ। सोमबार बेलुकीबाट विद्युत अवरुद्ध हुँदा तीन जिल्लाका उपभोक्ता मारमा परेका छन्।

डोटी–अछाम वितरण केन्द्रमा विद्युत प्रसारण लाइनमा विभिन्न समस्याका कारण विद्युत सेवा अवरुद्ध हुने गरेको छ।
