महेन्द्रनगरः बाजुराको गौमुल गाउँपालिका ३ मा खोलाले बगाएर बेपत्ता भएका एकजना पूर्व वडा सदस्यको शव फेला परेको छ। आइतबार ४५ वर्षीय धन बहादुर बोहरा खोलाले बगाएर बेपत्ता भएका थियो ।

उनको शव सोही वडाको तीन नम्बर वडाकै बेलिब्रिज नजिकै फेला परेको हो। दिउँसो करिब २ बजेर ४५ मिनेटतिर उनलाई खोलाले बगाएको थियो।

घट्टको पाथर तार्ने क्रममा रौधीखोला उर्लेर आएपछि उनी बगेका थिए। जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीले खोलामा एक्कासि बाढीले उनलाई बगाएको बताए।
