बैतडी। नेकपा(माओवादी केन्द्र) बैतडीको पार्टी कार्यालयमा आगलागी भएको छ । आगलागीबाट कार्यालयमा रहेको कुर्सी, सोफा, दराज लगायत महत्वपूर्ण कागजपत्र जलेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूका अनुसार शनिवार अपरान्ह ६ बजे आगलागी भएको सूचना प्राप्त भएको छ ।

प्रहरी टोली परिचालन गरेर आगलागी नियन्त्रणमा आइसकेको उहाँले जानकारी दिए । आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।
