कञ्चनपुरमा आगलागीबाट करिब १लाख २० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

प्रकाशित:

महेन्द्रनगरः कञ्चनपुरमा आगलागीबाट एक लाख बढीको क्षति भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१० शुकासाल स्थित सोही ठाउँ बस्ने महेश लुहारले संचालन गरेको कुखुरा मासु पसलमा शनिवार आगलागी भएको प्रहरीले जनाएको छ। कुखुराको मासु पोल्ने क्रममा ग्यासको पाइपबाट आगलागी भएको जनाइएको छ।

उक्त आगलागीबाट पसल भित्र रहेका डि–फ्रिज, पंखा लगायतका सामानहरू गरी करिब १लाख २० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी नियन्त्रणणमा आइसकेको जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार