महेन्द्रनगर । गणेश सिंहको रसिलो मसिलो नामक देउडा गीत सार्वजनिक भएको छ । उक्त देउडा गीत गणेश सिंह युटुव च्यानल मार्फत बुधबार सार्वजनिक गरिएको हो ।

गीतमा गणेश सिंहलाई संगीता बडुवालले साथ दिएकी छिन् । सुर्य बिरही साउँदको लय, शव्द रहेको उक्त गीतको भिडियोमा भिम थापाको निर्देशन गरेका छन् ।

भिडियोमा भुपी उपाध्याय र मनिशा रावलले अभिनय गरेका छन् । गीतलाई ऐरेन्ज भुवन बडुले गरेका हुन भने, छायांकन अमृत उपाध्यायले गरेका हुन् ।

कंचनपुर भन्सार कार्यालयका लेखा प्रमुख एवं नेपाल कर्मचारी युनियन कंचनपुरका अध्यक्ष समेत रहेका सिंह सुदूर पश्चिमको भाषा संस्कृति संगैं गीत संगीत प्रेमी हुन् । सिंहले रसिलो मसिलो नामक बोलको गीतबाट सांगीतिक क्षेत्रमा पाइला टेकेका छन् ।
कर्मचारीहरु पनि बहु प्रतिभा संगै संगीत प्रेमि हुँदा रहेछन भन्ने उदाहरण सिंहले दिएका छन ।गीत निर्माण गर्दा सहयोग गर्नेहरुलाई धन्यवाद प्रकट गर्दै गीतसंगित र स्थानिय भाषाहरुको संरक्षण गर्न आफुले जोड दिएको गायक सिंहको तर्क छ ।
साथै, सिंहले पछिल्लो समयमा देउडा गीतसंगीत ओझेलमा पर्दै आएको बताउँदै स्थानीय भाषा, संस्कृती, कलाको जगेर्ना गर्न आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिए ।
बुधबार सार्वजनिक गरिएको उक्त गीतमा अनिल चन्द, गोविन्द ऐर, भिम थापा लगायतको पनि अभिनय देख्न सकिन्छ ।