धनगढीमा स्कुल बस र हाइस ठोकिँदा तीन जना घाइते

प्रकाशित:

धनगढी। कैलालीको धनगढीमा भएको सडक दुर्घटनामा एक स्कुल बसमा अर्को सवारी हाइस ठोकिएको छ।धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेक अगाडि उक्त दुर्घटना भएको हो।

नेपाल वेस्टर्न कलेजको सुदूरपश्चिम प्रदेश नम्बर ०१–०००१ क २१९७ नम्बरको स्कुल बसमा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १७०७ नम्बरको हाइस ठोकिएको प्रहरीले जनाएको छ।

यो दुर्घटनामा तीन जना घाइते भएका छन् भने घाइतेहरूको उपचार भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार