महाकाली नदी किनारमा गाइडबन्ड निर्माण तीव्र, नेपाली सेनाको सक्रिय उपस्थिति

प्रकाशित:

महेन्द्रनगर । महाकाली नदीको बाढी जोखिम न्यूनीकरणका लागि पुल क्षेत्र वरिपरि तीव्र रूपमा पुनर्निर्माणको काम भइरहेको छ। नदीको बहाव नियन्त्रण गर्ने च्यानलाइजेसनका साथै गाइडबन्ड निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहरा भन्छन्, “सरकारको आलटालका कारण ढिलो भए पनि अन्ततः काम अघि बढेकोमा राहत महसुस भएको छ। गृहमन्त्री रमेश लेखकको विशेष पहलले मात्र सम्भव भएको हो। अब हामी सुरक्षित महसुस गरिरहेका छौं।”

यसबाहेक, नेपाली सेनाले निर्माण कार्यमा विशेष योगदान दिइरहेको छ। इन्जिनियर विभागका प्रमुख सेनानी निशान्त पण्डितका अनुसार सेनाले सम्भावित प्राकृतिक प्रकोपको जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक सतर्कता अपनाएको छ। “सबै निकायको सहकार्यमा काम असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ,” उनले जानकारी दिए।

स्थानीय बासिन्दा भने सेनाको संलग्नताले पुनर्निर्माणको काममा भरोसा बढेको बताउँछन्। बारम्बार बाढीले क्षति पुर्‍याउँदै आएको यो क्षेत्रमा दीर्घकालीन समाधानको खोजीमा पनि सम्वाद सुरु भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार