बैंकिङ कसुर मुद्दामा फरार धनगढीका एक जना पक्राउ

प्रकाशित:

महेन्द्रनगरः बैंकिङ कसुर मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको २०८१ पुस १२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–५ बस्ने गणेश चौधरी पक्राउ परेका हुन्।

चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार कैलारी गाउँपालिका–१ हसुलिया बजारबाट पक्राउ गरेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार