महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्र्तगत कबड्डी खेलमा कञ्चनपुर प्रथम भएको छ । कैलालीको धनगढीमा हिजोदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्र्तगत कबड्डी खेलमा कञ्चनपुरका छात्र र छात्राका दुबै टिमले प्रथम स्थान हासिल गरेको हो ।

धनगढीमा आज सम्पन्न उक्त खेलको फालनल कैलाली र कञ्चनपुरमा प्रतिशपर्धा भएको हो । १८ वर्ष मुनिका खेलाडीका बिचको कबड्डी खेलमा कञ्चनपुरका छात्र र छात्राका दुबै टिमले प्रथम स्थान हासिल गरेको कबड्डी संका सुदूरपश्चिम अध्यक्ष महेश चन्दले बताए ।

छात्र तर्फको कबड्डी खेलमा कञ्चनपुर प्रथम, कैलाली द्वितिय, बैतडी र बाजुरा तृतिय भएका छन् । त्यस्तै छात्रा तर्फ उक्त खेलमा कञ्चनपुर प्रथम, कैलाली द्वितिय र बाजुरा–अछाम तृतिय भएका हुन् । प्रदेशका नौं वटैं जिल्लाबाट छनौट भएर आएका टिमहरु बिच प्रतिशपर्धा पश्चात शुदूरपश्चिम प्रदेशले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि प्रथम, द्वितिय र तृतियबाट टिम छनौट गर्नेछ ।
