कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिबादी पक्राउ

प्रकाशित:

कञ्चनपुरः कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ पुस २६ गतेको फैसलाले चोरी मुद्दामा ४ महिना ४ दिन कैद सजाय तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका(४ बस्ने ३१ वर्षीय सुभिक सुनुवार पक्राउ परेका छन्।

सुनुवारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो।

 

ताजा समाचार

सम्बन्धित समाचार