टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

प्रकाशित:

धनगढीः कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका(१ बसपार्क स्थित सडक खण्डमा सोही ठाउँ बस्ने ३६ वर्षीय कमल प्रसाद बजगाई लागूऔषधसहित पक्राउ परेका छन्।

बजगाईलाई २ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार