रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै, न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा पेसी

प्रकाशित:

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा बिहीबार सुनुवाइ हुँदैछ ।

लामिछानेकी पत्नी निकिता पौडेलले गत वैशाख ७ गते सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ ।

यसअघि मङ्गलबार भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका लामिछानेका तर्फबाट पौडेलले रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै रिट निवेदन दिएकी थिइन् ।

उक्त प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रूपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई विपक्षी बनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार