महेन्द्रनगर । कञ्चनपुरको भिमदत्त नगरपालिका–१० स्थित गड्डाचौकी नाकाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेका भुजेला निवासी २४ वर्षीय राजेन्द्र सिंह टमटा सोमबार साँझ ६:४५ बजे पक्राउ परेका हुन्। उनलाई शंका लागि चेकजाँच गर्दा लागूऔषध खैरो हेरोइन जस्तो देखिने ०.४५ ग्राम धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले टमटालाई नियन्त्रणमा लिएको हो। हाल उनलाई लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
